चैत १९, २०७७ बिहिबार

फाईल तस्बिर

 

काठमान्डौ।  बिहिबारबाट त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा सुरु भएको पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा दुई विभागिय टोलीहरु नेपाल आर्मी र नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

बिहीबार भएको पुरुषतर्फ आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्यो । आर्मीले मणिमुकुन्दमाथि २५-१७,२५-१४ र २५-२१ को सेटमा जित निकालेको हो ।

 बुलबुले रारा क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गर्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो र दोस्रो सेटमा एपीएफले बुलबुलेलाई २५-२० र २८-२६ ले पराजित गरेको थियो भने तेस्रो सेट २५-१८ ले जित्दै खेलमा फर्कने कोशिस गरेको बुलबुले रारा क्लबलाई चौथो सेटमा ३२-३० को सेटमा जित निकाल्दै एपीएफ क्लबले महत्वपूर्ण जित निकालेको हो ।

प्रतियोगिताको दोस्रो दिन शुक्रबार महिला तर्फका ३ तथा पुरुष तर्फका ३ खेलहरु हुनेछन्।