काठमाण्डौ। काठमाण्डौमा जारी ५औं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पाचौ संस्करणमा आज दोस्रो दिन ६ खेल हुँदैछ।
आज महिला र पुरुष तर्फ समान तिन तिन खेल रहेकोमा रहेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगितामा आजको पहिलो ,दोस्रो र तेस्रो खेल महिला तर्फको हुनेमा पहिलो खेलमा बिहान ८ बजे नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबको सामना गर्दा दोस्रो खेलमा बिहान १० बजे नेपाल पुलिस क्लबले भरतपुर मेट्रो खेलकुद क्लबको सामना गर्ने छ भने आजको महिला तर्फको अन्तिम खेलमा १२ बजे न्यु डायमण्ड स्पोर्टस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ ।
पुरुष तर्फ भने आज ३ खेल हुनेमा पहिलो खेलमा टिप टप हेल्प स्पोर्टस क्लब र नयाँ बजार सामाजिक युवा क्लबबिच खेल हुनेछ । दोस्रो खेल एपीएफ विरुद्ध मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ तथा तेस्रो तथा आजको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लब र बुलबुले रारा क्लब बिचमा खेल हुनेछ ।
उद्घाटन खेलमा हिजो महिला तर्फ न्यु डायमण्ड र पुरुष तर्फ नेपाल एपिएफ क्लब ,नेपाल पुलिस र त्रिभुबन आर्मी क्लब विजयी भएका थिए ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।
यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।