काठमाण्डौ। पहिलो संस्करणको ललितपुर मेयर कप महिला टिट्वान्टी क्रिकेट प्रतियोगिता शनिबार(आज)बाट सुरु हुदै छ। ५ टोली सहभागी यस प्रतियोगिताको उद्घाटन खेलमा बिहान ९ बजे नेपाल एपिएफ क्लब र प्रदेश १ को महिला टिम बिच खेल हुनेछ । यि दुवै टोली केहि महिना लमही मैदानमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि भिडेका टोलीहरु हुन्।
आज नै हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र ललितपुर मेयर ११ बिच खेल हुने छ। यि दुईको खेल दिउसो १ बजे पछि हुनेछ।
चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल एपिएफ क्लब ,सुदुरपश्चिम प्रदेश,प्रदेश नम्बर १,लुम्बिनी प्रदेश र ललितपुर मेयर ११ गरि ५ टोलीको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ५० हजार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।