चैत २१, २०७७ शनिबार

 

काठमाण्डौ।  १९ औ संस्करणको आहारारा गोल्डकप आजबाट सुरु हुँदैछ ।पोखरा रंगशालामा आयोजना हुने सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लब दिउॅंसो २:३० बजे प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखरा गरी प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिम  सहभागिता रहेको छ ।गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिस हराएर उपाधि जितेको थियो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।