फागुन ७, २०७७ शुक्रबार

 

भुटानमा न्यायाधिश र सैनिक जनरल पक्राउ
काठमाडौं । 
भुटानमा प्रधानन्यायाधीश र सेनाका शीर्ष अधिकारीलाई हटाउने षडयन्त्र गरेको आरोपमा दुई न्यायाधीश र एक शीर्ष जनरल पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार पूर्व शाही बडीगार्ड कमाण्डेन्ट ब्रिगेडर थिंग्ले तोब्गे, सर्वोच्च अदालतका न्यायाधीश कुन्ली क्षिरिङ र उच्च अदलतका न्यायधीश याशी दोर्जेलाई हिरासतमा लिइएको हो । उनीहरुलाई घरबाट हिरासतमा लिएपछि अदालतमा उपस्थित गराइएको छ ।

उनीहरु तीनैजनालाई भुटानका शीर्ष सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल बाटू छिरिङलाई भ्रष्टाचारको मुद्दामा फसाउँदै हटाउने प्रयास गरेको आरोप लगाइएको छ । थिम्पुको जिल्ला अदालतले उनीहरुलाई तीनैजनालाई जमानत दिन अस्वीकार गरेको छ । साथै उनीहरुलाई फेब्रुअरी २७ सम्म हिरासतमा राख्न निर्देशन दिएको छ ।