चैत २१, २०७७ शनिबार

 

काठमाण्डौ।  न्यु डाइमण्ड स्पोर्ट्स क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शनिबार भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डाइमण्डले जित निकालेको हो ।

भरतपुरमाथि न्यु डाइमण्डले २५-१२, २५-७ र २५-१७ को सेटमा जित हासिल गर्यो ।

भरतपुरको यो लगातार दोस्रो हार हो ।

शनिबार नै भएको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई ३-० को सेटमा हराएको छ ।

आर्मीले ढोरपाटनमाथि २५-१२,२५-० र २५-५ ले हराएको हो ।

आर्मीको यो लगातार दोस्रो जित हो । आर्मीले २ खेलमा ५ अंक जोडेको छ ।

ढोरपाटनको यो लगातार तेस्रो हार हो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।