काठमाण्डौ । विभागीय टोली नेपाल एपीएफले ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
प्रतियोगीताको उद्घाटन खेलमा प्रदेश १ लाई ८ विकेटले हराउदै एपीएफले शानदार सुरुवात गरेको हो । प्रदेश एकले दिएको १ सय ७ रनको चुनौती एपीएफले १२ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो ।
उसलाई सहज जित दिलाउन कप्तान सीता रानामगरले अबिजित रहदै ५२ र ज्योती पाण्डेले ३२ रनको योगदान गरिन् । प्रदेश नम्बर १ कि रुबिना क्षेत्री र संगीता राईले समान १/१ विकेट हात पारे ।
यसअघि टियु मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश एकले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६ रनको मधयम योगफल तयार पारेको हो । कप्तान रुबिना क्षेत्रीले सर्बाधिक ४५ रन बनाएको प्रदेश एकको ईनिङसमा रोमा थापाले ३३ रन बनाईन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । एपीएफकी रेखा रावल, बिन्दु बुढा र सीता राना मगरले एक एक विकेट लिए ।
सोहि मैदानमा आजै ललितपुर मेयर ११ र सुदुरपश्चिम प्रदेश प्रतिस्पर्धामा उत्रनेछन् । दोस्रो खेल दिउ“सो १ बजेपछि सुरु हुनेछ ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगीतामा ५ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।