काठमाण्डौ। पाचौं संस्करणको आरबिबि एनभिए कप पुरुष तथा महिला राष्ट्रिय लिग भलिबलमा आजको तेस्रो तथा महिला तर्फको आजको अन्तिम खेलमा नेपाल पुलिस क्लबले उत्कृष्ट पुनरागमन जित हासिल गरेको छ।
त्रिपुरेश्वर स्थित कबर्डहलमा सम्पन्न यस खेल नेपाल पुलिस क्लबले ३-२ को सेटमा विजयी भएको हो।
पहिलो र दोस्रो सेट गुमाएको अवस्थामा लगातार तिन सेट आफ्नो पक्षमा पार्दै नेपाल पुलिसले सो खेल जितेको हो।
पुलिसले पहिलो र दोस्रो सेट क्रमश २०–२५ र २८–३० ले गुमाएको थियो । पुलिस दोस्रो सेटमा जित नजिक पुगेर पनि जितबाट बञ्चित बनेको थियो । तर, त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको पुलिसले तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएका थिए । एक समय ६ अंकको अग्रता लिएपनि पुलिसले अंक गुमाउदा दवावमा परेपनि तेस्रो सेट जित्न सफल भएको थियो ।