असार १८, २०७९ शनिबार

जुम्ला । शुक्रबार दिउँसो ३ बजेतिर जिल्लाको पातारासी गाउँपालिकाको बागजाले भन्ने पाटनमा परेको चट्याङले गाउँपालिका-४ लुम निवासी ५ जना कृषकका ८० भेडा मरेका छन् भने ३ सय भेडा हराएका छन् ।

अप्ठ्यारो भीर भएकाले खोजतलास गर्ने कठिनाइ भएको पातारासी गाउँपालिकाअन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए । प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउँदका अनुसार जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेका छन् ।