असार १९, २०७९ आइतबार

काठमाडौं, असार १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने देखिएको छ ।

सक्रिय मनसुनी वायुको प्रभावका कारण आज प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज काठमाडौं उपत्यकामा अपराह्नसम्म छिटपुट वर्षाको सम्भावना देखिएको छ ।