असार १९, २०७९ आइतबार

काठमाडौं । प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका रिक्त प्रमुख पदमा सरुवाका लागि प्रहरीका एसएसपीहरुको तीव्र दौडधूप सुरु भएको छ ।

 प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी र अपराध अनुसन्धान कार्यालयका बसन्त कुँवर डीआइजी बढुवा भएपछि रिक्त पदमा जानका लागि तीव्र दौडधूप सुरु भएको हो ।

काठमाडौं परिसरको प्रमुखका लागि  भरत बोहरा, कुवेर कडायत र बिष्णुकुमार केसी लागेका छन् । उनीहरुले बालुवाटारदेखि गृहमन्त्रालयसम्म पहुँच भएकाहरुलाई पनि उपयोग गर्दैआएका छन् ।

बोहरा, कडायत र केसी सकेसम्म परिसरमा सरुवा हुने र नभए अपराध अनुसन्धान कार्यालयमा हुने योजनामा लागेका छन् । एसएसपी केसी भने पूर्वडीआइजी तथा एमाले सांसद नवराज सिलवालका बहिनीज्वाई हुन् । 

यी एसएसपी डीआइजी बढु्वामा परेनन् । एसएसपीमा जुनियर अशोक सिंह भने डीआइजी बढुवामा परेका छन् ।