चैत २१, २०७७ शनिबार

काठमाडौं ।आजबाट सुरु पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजय यात्रा सुरु गरेको छ। आजबीट सुरु भएको सो प्रतियोगिताको दोस्रो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो।ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन् उनले अविजित रहेका कन्चनले ६३ रन बनाए ।यस्तै सुमन खतिवडाले १६ रन जोड्दा अश्मिना कर्माचार्यले १३ रन जोडिन ।सुदूरपश्चिमकी कविता जोशी, ऋतु कनोजिया र सम्झना खड्काले १/१ विकेट लिए ।

१ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोकाटीले ४१ रनको योगदान गरिन् । डोली भट्टले अविजित २२ रन बनाईन ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।उपबिजेता टोलीले १ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।