असार १९, २०७९ आइतबार

काठमाडौं :  भारतले अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरूलाई उपहारस्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान गरेको छ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो।