महेश सिंह, सिरहा - लहानका मेयर महेशप्रसाद चौधरीले लहान ३ स्थित कामना नर्सिङ होममा रहेका पाठेघरको शल्यक्रिया गरेकाहरूको पौष्टिक आहारका लागि फलफूल वितरण गरेका छन् ।
यहाँ असार १७ गतेदेखि २ दिने शिविर सञ्चालन भएको थियो । लहान नगरपालिका र कामना नर्सिङ्ग होम प्रा.लि.काे सहयोगमा पाठेघर खस्ने बिरामीहरूको नि:शुल्क उपचार गरिएको थियो ।