चैत २१, २०७७ शनिबार

एजेन्सी।  १४ औं संस्करणको आईपीएल आउन मात्र ६ दिन बाँकी हुँदा दिल्ली क्यापिटल्सका अलराउन्डर कोरोना संक्रमित भएका छन् । भारतीय क्रिकेटर अक्सर पटेल संक्रमित भएका हुन्  

‘ दुःखको कुरा, अक्सर कोरोना संक्रमित भएका छन् । उनलाई कोरोना प्रोटोकल अनुसार आईसोलेट गरिएको छ,’ क्यापिटल्सले एक विज्ञप्तिमा भनेको छ ।

आईपीएलको तयारीमा रहेका खेलाडीहरु मध्येमा कोरोना संक्रमित हुने अक्सर दोस्रो खेलाडी हुन् ।यस अघी कोलकाता नाइट राइडर्सका नीतीश राणा पनि कोरोना संक्रमित भएका थिए ।

२८ मार्चमा रनको कोरोना रिपोर्ट नेगेटीभ आएको दिल्लीले जनाएको छ ।

बिसिसिआईको कोरोना प्रोटोकल अनुसार अक्सर अब १० दिन अनिवार्य आईसोलेसनमा बस्ने छन् ।