काठमाण्डौ। १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको आजको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।पोखरा रंगशालामा शनिबार भएको खेलमा सहारा क्लब पोखरालाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा आशिषले निर्णायक गोल गरे ।आशिष खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत आइतबार(भोली) मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ ।