काठमाडौं । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फको आजको खेलमा पुरुष तर्फ नेपाल एपिएफ क्लब,टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र बुलेबुले रारा क्लब विजयी भएका छन्।
आजको पहिलो खेलमा नयाँ बजार युवा क्लबलाई ३-० को सेटमा हराउँदै विभागीय टिम नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित निकालेको छ ।अपराजित रहने क्रममा एपीएफले नयाँ बजारमाथि २५-१२,२५-१६ र २५-१६ को सेटमा जित निकाल्यो ।जितसँगै एपीएफ शीर्ष स्थानमा रहेको छ ।
आजै भएको पुरुष तर्फको दोस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले मणिमुकुन्द क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेकोछ ।हेल्प नेपालले मणिमुकुन्दमाथि २५-१५,२५-१६ र २९-२७ ले हराएको हो । आजको जीतसॅंगै हेल्प नेपाल दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।
आजै भएको पुरुष तर्फको तेस्रो तथा अन्तिम खेलमा बुलबुले रारा क्लबले विभागिय टोली एपिएफलाई पराजित गरी तेस्रो स्थानमा उक्लिएको छ। ३-० को सोझो सेटमा सो खेल राराले जितेको हो।