असार २०, २०७९ सोमबार

काठमाडौँ । काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासको परिसरभित्र गोली चलेको छ ।

गोली एसएलआर राइफलबाट चलेको बताइएको छ । त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले आफूले बोकेको एसएलआर राइफलबाट आफैँलाई गोली हानेको स्रोतले जनाएको छ । गोली लागेर ती भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

दूतावासको सुरक्षामा खटिएका ती सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको बताइएको छ । स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।