चैत २१, २०७७ शनिबार

एजेन्सी : इटालियन सिरी ए फुटबलमा साविकको विजेता युभेन्टस टोरिनोसँग बराबरीमा रोकिएको छ । 

शनिबार राति भएको खेलमा युभेन्टसले घरेलु टोली टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । 

खेलमा सुरुवाती अग्रता बने पाहुना टोलि युभेन्टसले बनाएको थियो । उसका लागि जारी खेलको १३औं मिनेटमा चिसाले गरेका थिए । त्यस्तै रोनाल्डोले खेलको ७८औं मिनेटमा गोल गरि युभेन्टसलाई सम्भावित हार बाट जोगाएका थिए । 

त्यस अघि घरेलु टोलीले खेलको २६ र पहिलो दोस्रो हाफको पहिलो मिनेटमै २-१ गोलको अग्रता बनाएकबध थियो । 

उक्त बराबरी सँगै युभेन्टसले २८ खेलबाट ५६ अंक बनाएको छ ।