चैत २२, २०७७ आइतबार

 

काठमाण्डौ। काठमाण्डौमा जारी ५औं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पाचौ संस्करणमा आज  ६ खेल हुँदैछ।

आज महिला तर्फ २ र पुरुष  तर्फ ३ खेल  रहेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगितामा आजको पहिलो र दोस्रो  खेल महिला तर्फको हुनेछ।

 पहिलो खेलमा बिहान ९ बजे  नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबको सामना गर्दा दोस्रो खेलमा बिहान ११ बजे त्रिभुबन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद क्लबको सामना गर्ने छ ।

पुरुष तर्फ भने आज ३ खेल हुनेमा पहिलो खेलमा  दिउसो १ बजे नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब बिच खेल हुनेछ । दोस्रो खेल  दिउसो ३ बजे टिप टप हेल्प नेपाल स्पोर्टस क्लब विरुद्ध बुलबुले रारा क्लब बिच प्रतिस्पर्धा हुनेछ र तेस्रो तथा आजको अन्तिम खेलमा भने साझ ५ बजे त्रिभुवन आर्मी क्लब र नया बजार युवा क्लब बिचमा खेल हुनेछ ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।

यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् । लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।