काठमाडौँ । मनसुनी प्रभावका कारण हाल देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । आज गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पूर्वी भागमा वर्षा भइरहेको छ । आगामी २-३ दिनसम्म त्यहाँ हल्कादेखि मध्यम वर्षा र कतै भारी वर्षाको सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले बताएका छन् ।
यसैगरी सुदुरपश्चिम प्रदेशको बैतडी र डडेलधुराको पश्चिमी भागमा वर्षा हुँदै छ । आगामी २-३ दिन सो प्रदेशको अन्य भागमा पनि वर्षाको सम्भावना रहेको उनले बताए ।