काठमाण्डौ। पहिलो संस्करणको ललितपुर मेयर कप महिला टिट्वान्टी क्रिकेट प्रतियोगिता आज दुई खेल हुनेछ। टियु मैदान कीर्तिपुरमा दुवै खेल हुनेछ। बिहान ९ बजे आईतबारको खेलमा जीत हात पारेका टोलीहरु सुदुपश्चिम प्रदेश र नेपाल एपिएफ क्लब बिच खेल हुनेछ। दुवै टोली आजको खेलमा जित निकाली अर्को चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन्।
आज नै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र ललितपुर मेयर ११ बिच खेल हुने छ। यि दुईको खेल दिउसो १ बजे पछि हुनेछ। लुम्बिनीको यो पहिलो खेल हो भने मेयर ११ टिम आफ्नो पहिलो खेलमा पराजित भएको थियो।
हिजोबाट सुरु यस प्रतियोगिता आगामी २८ गतेसम्म आयोजना हुनेछ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब ,सुदुरपश्चिम प्रदेश,प्रदेश नम्बर १,लुम्बिनी प्रदेश र ललितपुर मेयर ११ गरि ५ टोलीको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ५० हजार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।