असार २१, २०७९ मंगलबार

सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न खोजेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ । साना  ६ दलीय कम्युनिष्ट गठबन्धनले नागरिकता विधेयकविरुद्ध प्रदर्शन गरेका हुन् । 

माइतीघरमा भएको प्रदर्शनका क्रममा उनीहरूले विधेयकको ड्राफ्टसमेत जलाए । 

सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउने सहमति भइसकेको छ । तर, नेकपा एमाले सकारात्मक नभएपछि विधेयकमा अन्योल भने कायमै छ ।