नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बुधवार सरुवा भएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।
यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल सरुवा भएका छन् ।