एजेन्सी : फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।
शनिबार राति आफ्नै मैदानमा सम्पन्न खेलमा पिएसजी लिलेसँग १–० गोलले स्तब्ध भएको हो ।
पाहुना टोली लिलेलाई जिताउन जोनाथन डेभिडले निर्णायक गोल गरेका थिए । उनले खेलको २०औँ मिनेटमा गरेको गोल नै पिएसजीविरुद्ध निर्णायक बन्यो ।
त्यस्तै खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । खेलको ९०औँ मिनेटमा नेयमारले रातो कार्ड पाएका थिए भने इन्ज्युरी समयमा लिलेका टियागो डीजालोले रातो कार्ड पाएका थिए ।
उक्त जितसँगै शीर्ष स्थानको लिलेले ३१ खेलमा ६६ अङ्क जोडेको छ । यता पराजित पिएसजी भने ६३ अङ्क बनाउदै दोस्रो स्थानको छ ।