एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल लिग लिडर म्यानचेस्टर सिटीले लेष्टर सिटीमाथि २–० गोलको जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले लेष्टरलाई उसैको मैदानमा हराउँदा बेन्जामिन मेन्डी र ग्राबियल जिससले समान १/१ गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ५८औँ मिनेटमा मेन्डीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ७४औँ मिनेटमा जिससले गोल गर्दै सिटीको २–० गोलको जित पक्का गरे ।
उक्त जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेभन्दा १७ अङ्कको अग्रता बनाएको छ । ३१ खेलमा सिटीले ७४ अङ्क जोडेको छ । सिटीभन्दा दुई खेल कम खेलेको युनाइटेडसँग ५७ अङ्क छ ।यता पराजित लेष्टरको भने ३० खेलबाट ५६ अङ्कका साथ तेस्रो स्थानमा छ ।