एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा उपाधि दाबेदार टोली इन्टर मिलानले ८ अङ्कको स्पष्ट अग्रता बनाएको छ ।
शनिबार राति भएको खेलमा बोलोग्नामाथि १–० गोलको जित निकाल्दै शीर्ष स्थानको इन्टरले ८ अङ्कको अग्रता बनाएको हो ।
बोलोग्नाको मैदानमा पाहुना टोली इन्टरलाई जिताउन रोमेलु लुकाकुले निर्णायक गोल गरेका थिए । उनले खेलको ३१औँ मिनेटमा गरेको गोल नै इन्टरका लागि निर्णायक बनेको हो ।
उक्त जितसँ इन्टरले २८ खेलमा ६८ अङ्क जोडेको छ । यता दोस्रो स्थानमा रहेको एसी मिलान भने ६० अङ्कसहित दोस्रो स्थानमा छ । मिलानले इन्टरभन्दा एक खेल बढी खेलेको छ ।