चैत २२, २०७७ आइतबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । 

शनिबार राति भएको खेलमा इबरमाथि २–० गोलको जित निकाल्दै रियल दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा रियललाई जिताउन मार्को एसेन्सियो र करिम बेन्जेमाले समान १/१ गोल गरे । जारी खेलको ४१औँ मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ७३औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–० गोलको जित दिलाए ।

उक्त जितसँगै रियलले बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लियो । उसले २९ खेलमा ६३ अङ्क जोड्यो । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना ६२ अङ्कसहित तेस्रो स्थानमा छ ।