एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनलमाथि सहज जित दर्ता गरेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले ३–० गोलको जित निकालेको हो ।
पाहुना टोली लिभरपुलको जितमा डिएगो जोटाले २ तथा मोहम्मद सालाहले १ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६४औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै ६८औँ मिनेटमा सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ८२औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० गोलको जित दिलाए ।
उक्त जितसँगै पाँचौँ स्थानको लिभरपुलले ३० खेलमा ४९ अङ्क जोडेको छ । यता पराजित आर्सनलको भने ४२ अङ्कसहित नवौँ स्थानमा छ ।