एजेन्सी : स्पेनिस नकआउट फुटबल प्रतियोगिताको अन्तर्गत २०२० को रियल सोसिडाडले कोपा डेल रे उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा रियल सोसिडाडले बिल्बाओमाथि १–० गोलको जित निकाल्दै उपाधि जितेको हो ।
सोसिडाडको जितमा मिकेल ओयार्जाबालले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । त्यस्तै खेलको ६३औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई उपाधि दिलाए ।
गत वर्ष कोरोना भाइरस महामारीका कारण स्थगित बनेको फाइनल खेल शनिबार राति खेलाइएको हो । २०२१ को कोपा डेल रेको फाइनलमा भने बार्सिलोना र एथ्लेटिक बिल्बाओले खेल्नेछन् । यो खेल १७ अप्रिलमा हुनेछ ।