चैत २२, २०७७ आइतबार

एजेन्सी : जर्मन बुुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले आरबी लेइपजिगमाथि १–० गोलको जित दर्ता गरेको छ । 

शनिबार राति लेइपजिगको मैदानमा बायर्नलाई जिताउन लियोन गोरेट्ज्काले निर्णायक गोल गरे ।

खेलको ३८औँ मिनेटमा गोरेट्ज्काले गरेको गोल न बायर्नको जितमा निर्णायक बनेको थियो । 

उक्त जितसँगै शीर्ष स्थानको बायर्नले २७ खेलमा ६४ अङ्क जोडेको छ । यता पराजित लेइपजिगको भने ५७ अङ्क साथ दोस्रो स्थानको छ ।