असार २५, २०७९ शनिबार

काठमाडौँ । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको आरोपमा दार्चुला सशस्त्र प्रहरी गणमा कार्यरत एक जना हवल्दारलाई थुनामा राखिएको छ । 

नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल दार्चुलामा कार्यरत कार्यरत का.मु. वरिष्ठ  हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन् । संगठनको गोप्य र संवेदनशील सूचना भाइरबरलगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोग उनलाई लागेको हो । उनले सशस्त्र प्रहरी ऐन २०५८ विपरीत गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी विषेश अदालतमा २२ असारमा मुद्दा दायर भएको सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकले बताएको छ ।