चैत २२, २०७७ आइतबार

फाइल तस्बिर

काठमाडौं : पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो क्वाटरफाइनलमा खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने उक्त खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र फुटबल क्लबले अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्र र अफ्रिकन रुटबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

मछिन्द्रले हालसम्म आहा रारामा ४ खेल खेलेको छ । जसमा २ जित र २ हार व्यहोरेको छ ।

मछिन्द्र यस वर्ष पहिलो पटक आहा राराको उपाधि जित्न चाहन्छ । अफ्रिकन रुटको भने यो डेब्यु खेल हो ।प्रतियोगितामा एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

त्यस्तै हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले हराएर एपीएफ अन्तिम चारमा पुगेको हो ।प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।