असार २५, २०७९ शनिबार

वैदेशिक रोजगार विभागले सरकारले रोजगारीका लागि क्यानाडा र जर्मनी लैजाने सूचनामा कुनै सत्यता नरहेको प्रष्ट पारेको छ । 

विभागले रोजगारीका लागि क्यानाडा र जर्मनी लैजान लागेको सूचना सामाजिक सञ्जालमा अपलोड गरिएको थियो । उक्त सूचनामा प्रयोग गरिएको विभागको लेटरहेड र निर्देशक कृष्णप्रसाद भुसालको हस्ताक्षर आधिकारिक नभएको विभागले प्रष्ट पारेको छ । 

विभागले त्यस प्रकारको कुनै सूचना जारी नगरेको र सूचनामा उल्लेख गरिएजस्तो रोजगारीका लागि ती देशहरुमा पठाउने कुरामा कुनै कुरामा सत्यता नहरेको प्रष्ट पारेको छ । शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभागबाट यस्तो किसिमको कुनै पनि सूचना प्रकाशित नगरेको हुँदा उक्त सूचना कपोलकल्पित तथा आधिकारिक नभएको जानकारी गराइन्छ ।’