काठमाडौं । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ आजको दुई खेल नेपाल पुलिस क्लब र त्रिभुबन आर्मी क्लब आ आफ्नो खेलमा विजयी भएका छन्।
आज प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
तुलनात्मक कमजोर टिम ढोरपाटनविरुद्ध पुलिसले २५-५, २५-९ र २५-५ को सेटमा जित निकाल्यो ।
यस जितसँगै पुलिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । पुलिसले ३ खेलमा ८ अंक जोडेको छ ।
आज भएको महिला तर्फको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो परिषद क्लबलाई ३-० को सेटमा पराजित गर्यो।