चैत २२, २०७७ आइतबार


काठमाडौं। आगामी २७ गतेबाट सुरु हुने १४ औं इन्डियन प्रिमियर लिग (आईपिएल) फ्रेन्चाईज टोली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का ब्याट्सम्यान देवदत्त पाडिकल कोरोना संक्रमित भएका छन्। संक्रमित पाडिकललाई आरसीबीले टिमबाट अलग क्वारेन्टिनमा राखेको छ। 

आईपीएलमा यसअघि कोलकत्ताका नितिश राना र दिल्लीका अलराउन्डर अक्सर पटेलमा कोरोना पोजेटिभ पाईएको थियो। यस संस्करणकोआईपीएलको उद्घाटन खेलमा आरसीबीले मुम्बई इंन्डियन्सविरुद्ध प्रतिस्पर्धा गर्ने छ।