काठमाण्डौ। नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी शृखंलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ ।मंगलबारबाट नेपाली टिमको बन्द प्रशिक्षण सुरु हुनेछ । खेल्नेछ ।
शृखंला टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुनेछ ।डबल राउण्ड रोबिनको आधारमा हुने शृखंलाको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्
कोरोनाको महामारी पश्चात यो नै नेपालको पहिलो खेल रहने छ । बन्द प्रशिक्षणका लागि बोलाईएको २० खेलाडी यसप्रकारका रहेका छन् ।
