काठमाण्डौ। काठमाण्डौमा जारी ललितपुर मेयर कप महिला टी २० राष्ट्रिय प्रतियोगितामा ललितपुर मेयर ११ टिमले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा मेयर ११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हरायो ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेयर ११ ले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन बनायो ।उसका लागि सुमन खतिवडाले आक्रामक ७७ रन बनाइन भने अस्मिना कर्माचार्यले २० रन बनाइन ।बलिङमा लुम्बिनीका लागि सुस्मिता भुषाल, स्वस्तिका बजगाई, क्रितिका मरासिनी सरस्वती पुनले समान १ १ विकेट लिए ।
जवाफमा १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश २० ओभरमा ५ विकेट गुमाउँदै ११७ रनमा समेटियो ।
उसका लागि सरस्वती गंगा मगरले ४६ रनको योगदान गरिन भने उसका लागि नेरीथापाले २० रन जारी प्रतियोगितामा मेयर ११ को दुई खेलमा पहिलो जित हो भने लुम्बिनी पहिलो खेलमा नै पराजित भएको छ ।