१९ औं संस्करणको आहा रारा गोल्डकपको आजको खेलमा जित हात पार्दै अफ्रिकी रुट्स सेमिफाईनल प्रवेश गरेको छ। ए डिभिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लवले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ।
रुट्सलाई जित दिलाउन मौसा र एनजिमीले एक एक गोल गरे ।
खेलको इन्जुरी समयमा मच्छिन्द्रले एक गोल फर्काएको थियो । उसका लागि अभिषेक रिजालले गोल गरेका थिए ।
तर त्यो गोल उसलाई हारबाट बचाउन सकेन ।प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
भोली संकटा र मनाङ मर्स्याङ्दी क्लबबिच खेल हुनेछखेल हुखेल्नेछ ।