चैत २३, २०७७ सोमबार

काठमाण्डौ।  पहिलो संस्करणको ललितपुर मेयर कप महिला टिट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आज १ खेल हुनेछ। टियु मैदान कीर्तिपुरमा दिउसो १ बजे पछि हुने खेलमा आफ्नो पहिलो खेलमा नै पराजित टोलीहरु लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ पहिलो जित निकाल्न मैदान उत्रनेछन् । 

गत शनिबार(२१ गते)बाट सुरु यस प्रतियोगिता आगामी शनिबार (२८ गते)सम्म संचालन हुनेछ। 

प्रतियोगितामा नेपाल एपिएफ क्लब ,सुदुरपश्चिम प्रदेश,प्रदेश नम्बर १,लुम्बिनी प्रदेश र ललितपुर मेयर ११ गरि ५ टोलीको सहभागीता रहेको छ। 

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ५० हजार पाउनेछ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।