नेपालले घरेलु भुमीमा ३७ वर्ष पछि उपाधि जित्दा नायक नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । उनले ५५.६९ प्रतिशत मत ल्याएका थिए। किरण यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत हुन ।
“सन् २०१९ देखि गोल नगरेको अवस्थामा आइपुगेको नेपालले २०१९ देखी गोल गरेको थिएन । तर, अत्मविश्वासले भरिएको किरणको टोलीले बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो । त्यो सफलताको केन्द्रमा गोलकिपर तथा कप्तान किरण चेम्जोङ रहे, जसले तीन खेलमा एक गोलमात्रै खाए र थ्री नेसन कपको उपाधि जित्दै पुर्व कप्तान विराज महर्जनको बिदाइ भव्य बनाइदिए,” एएफसीले लेखेको थियो
एएफसीले एक साता अगाडी जारी गरेको सुचीमा किरण सँगै उत्कृष्ट १० मा साउदी अरेबियाका सलेह अल-सेहेरी रहे ईराकका अल अली महवइ , युएई अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ ‘एएफसी प्लेयर अफ दि विक’को मनोनयनमा परेका थिए ।