चैत २३, २०७७ सोमबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी भएकबध छ ।

आइतबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ । 

खेलमा पाहुना टोली ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो । जारी खेलको १३औँ मिनेटमा डेनी वेलबेकले गोल गर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा २ गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो । 

युनाइटेडका लागि दोस्रो हाफको खेलको ६२औँ मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै खेल १-१ बराबरीमा अवस्थामा फर्काए । त्यस्तै खेलको ८३औँ मिनेटमा मासोन ग्रिनवुडले गोल गर्दै युनाइटेड २-१ गोलको जित दिलाए ।

उक्त जितसँगै दोस्रो स्थानको युनाइटेडले ३० खेलबाट ६० अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १४ अङ्कले पछि परेको छ । ३१ खेल खेलेको सिटीसँग ७४ अङ्क छ । यता पराजित टोली ब्राइटन भने ३२ अङ्कका साथ १६औँ स्थानमा छ ।