चैत २३, २०७७ सोमबार

तस्बिर - एन्फा

काठमाडौं : एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लबसँग खेल्न श्रीलंका पुलिस नेपाल आइपुगेको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आइतबार साँझ श्रीलंका पुलिस काठमाडौँ आइपुगेको जानकारी दिएको हो ।
 
आर्मी र श्रीलंका पुलिसबीचको खेल त्रिपुरेश्वर दशरथ रङ्गशालामा आगामी चैत २५ गते साँझ ५ः३० बजे हुनेछ । उक्त खेल नकाउटका आधारमा खेलाइने छ । 

त्यस्तै उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ । प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।