काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २÷२ रुपैयाँ बढेको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ र डिजेल, मट्टितेल १ सया ३ रुपैयाँमा कारोबार हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन ।
यसपालि भने भारतीय आयल कर्पोरेसन आइओसीले मूल्य नबढाए पनि निगमले मूल्य बढाएको हो । निगमले घाटा पूर्ति गर्नका लागि भन्दै मूल्य बढाएको जनाएको छ ।