काठमाडौं : १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ ।
साविक विजेता तथा उपाधिको दाबेदार टोली नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लब र संकटा क्लबबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो २:३० बजेबाट पोखरा रंगशाला सुरु हुनेछ ।
साविको विजेता मनाङले यस प्रतियोगिता सर्वाधिक ६ पटक उपाधि जिते छ, भने ५ पटक उपविजेता बनेको छ । मनाङ आजको खेलमा संकटालाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा रहेको छ ।
त्यस्तै यस प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ ।एपीएफले आयोजक सहारा क्लब पोखरालाई १-० तथा अफ्रिकेन रुटले ए डिभिजन च्याम्पियन मछिन्द्रमाथि २-१ गोलको जित निकालेको थियो ।
यस प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टोलीको सहभागिता रहेको छ ।