एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड सेभिल्ला सँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पाहुना टोली एथ्लेटिको मड्रिड १-० गोलले स्तब्ध भएको हो ।
घरेलु टोलीको जितमा मार्कोस हावीया एकोनाले गरेको गोल नै सेभिल्लाको जितमा प्रयाप्त बन्यो । उनले दोस्रो हाफको ६९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै त्यस अघि खेलको ७औं मिनेटमै घरेलु टोलीले पेनाल्टी अग्रता लिने अवसर पाएकाे थियो , तर उक्त पेनाल्टीमा सेभिल्लाका ओक्याम्पोस चुकेका थिए ।
उक्त हार सँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २९ खेलबाट ६६ अंक रहेको छ । यता विजयी सेभिल्लाको भने समान खेलबाट ५८ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।