चैत २३, २०७७ सोमबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हस्पट न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । 

आइतबार राति भएको खेलमा घरेलु टोली न्युक्यासलसँग टोटेनह्याम २-२ गोलको बराबरीमा रोकिएको हो । 

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । उसका लागि खेलको २७औं मिनेटमा जोलिन्टन गोल गरेका थिए । त्यस्तै उक्त गोल गरेको २ मिनेट पछि टोटेनह्यामका कप्तान ह्यारी केनले गोल गरि १-१ गोलको बराबरी अबस्थामा फर्काए । त्यस्तै केनले पुन ३३औं मिनेटमा गोल गरि पाहुना टोलीलाई २-१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको टोटेनह्यामले दोस्रो हाफमा भने गोल खाएको थियो । उसले खेलको ८४औं मिनेटमा विल्कोक गोल गरि घरेलु टोलीलाई हारबाट जोगाए । 

उक्त बराबरी सँगै टोटेनह्याम पाँचौं स्थानमा उक्लिएको छ ।