चैत २३, २०७७ सोमबार


काठमाण्डौ। प्रथम साविकको गाउँ तथा वडास्तरिय षुरुष भेट्रान्स भलिबल प्रतियोगिता २०७८ आगामी बैशाख २१ गते हुने भएको छ । सो प्रतियोगिताको आयोजकका छिब्दी देउराली युथ क्लब रहेको छ । सो प्रतियोगिताका लागि वैशाख २१ गते सम्म टि दर्ताको मिति राखिएको छ । टिम दर्ताका लागि पुरुष तर्फ ४००० र भेट्रान तर्फ २५०० रहेको आनयोजकले जानकारी दिए । 

विभिन्न साँस्कृतिक कार्यक्रमका साथ हुने सो प्रतियोगितामा पुरुष तर्फका विजेता , उपविजेता र तेस्रो हुने टिमले शिल्ड,मेडल र प्रमाण पत्रका साथमा क्रमशः ४००००,२५००० र १५००० रकम दिने छन् ।

बैशाख २५ सम्म संचालन हुने यो प्रतियोगितामा भेट्रान्स तर्फका विजेताले २० हजार तथा उपबिजेताले १० हजार जित्ने छन् । 

 प्रतियोगिताका सबै खेल शुक्लागण्डकी नगरपालीका १० मा रहेको कुसुन्डे मैदानमा हुनेछ ।