चैत २३, २०७७ सोमबार

 

काठमाण्डौ। पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ भरतपुर मेट्रो खेलकुद परिषद र नेपाल एपिएफ क्लबल जित हात पारेका छन्।त्रिपुरेश्वरस्थित कर्भडहलमा सोमबार भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई  सोझो सेटमा पराजित गर्दै भरतपुर मेट्रोले पहिलो जित हात पारेको हो । 

पहिलो जित निकाल्ने क्रममा भरतपुरले ढोरपाटनमाथि २५ २१ , २५ १२ र २५ १३ को सेटमा जित निकालेको हो ।सोमबार भएको दोस्रो खेलमा विभागिय ड्रबिमा नेपाल एपिएफ क्लबले त्रिभुबन आर्मी विरुद्ध ३ १ को सेटमा विजयी हासिल गर्न सफलमा भएको छ । 
 एपीएफले त्यसपछि सेट २५ २२, २५ १०, २५ १७ र २५ २२ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।