चैत २३, २०७७ सोमबार


काठमाण्डौ। खेलकुदका प्रायः खेलमा उमेरले खास महत्व राख्छ ।यस महिनाको २७ गतेबाट सुरु हुने ईण्डियन प्रिमियर लिग(आईपिएल)मा सबै टोलीका कप्तानहरुको तोकिसकेको अवस्थामा उनीहरुको उमेरका बिषयका बारेमा आज जानकारी तपाईहरु माझ पेश गर्दै छौ 
१) महेन्द्र सिंह धोनी (कप्तान चेन्नाई सुपर किंग्स)
२००८ को पहिलो संस्करणबाट नै चेन्नाई सुपर किंग्सको कप्तानका रुपमा रहेका छन् । उनी हालको ८ आईपिएल टोलीका सर्वाधिक उमेरका कप्तान हुन् । धोनी हाल ३९ वर्षका रहेका छन् ।
२) ईयोन मोर्गान(कप्तान कलकत्ता नाईटराईडर्स) 
गत संस्करणको आईपिएल मध्यबाट कलकत्ताको नेतृत्वमा पुगेका इंग्ल्याण्डका कप्तान समेत रहेका मोर्गान हाल ३४ बर्षका रहेका छन् ।
३)डेविड वार्नर(कप्तान सनराईजर्स हैदराबाद)
२०१६ मा टिमलाई आईपिएल उपाधी जिताउन सफल वार्नरको हालको उमेर ३४ वर्ष रहेको छ ।
४)रोहित शर्मा(कप्तान मुम्बई ईण्डियन्स)
आईपिएल ईतिहासको सर्वाधिक सफल टोलीमा रहेको मुम्बईका कप्तान शर्मा टिमले पाँच पटक आईपिएल उपाधी जित्दा टोलीको कप्तानका रुपमा रहेका थिए । शर्मा हाल ३३ बर्षका भएका छन् ।
)विराट कोहली(कप्तान रोयल च्यालेन्जर्स बैंग्लोर)
२००८ बाट आरसिबिका टोलीमा रहेका विराटको कप्तानीमा भारतीय टोलीले थुप्रै सफलता हात पारे पनि आरसिबिलाई तिनै विराटको कप्तानीले उपाधी दिलाउन सफल भएको छैन ।
कोहली हाल ३२ वर्षका रहेका छन् ।
)केएल राहुल(कप्तान पन्जाव किंग्स)
विकेट किपर ब्याट्सम्यान रहेका राहुल गत संस्करणबाट पन्जाबको कप्तानीमा आएका हुन् ।उनी हाल २८ वर्षका रहेका छन् ।
७)सन्जु सामसन(कप्तान राजस्तान रोयल्स)
राजस्तानका युवा खेलाडी सामसनले यस संस्करणको आईपिएलमा पहिलो पटक कप्तानीको भुमिका निर्वाह गदै छन् । उनको उमेर २६ बर्षको रहेको छ ।
८)रिषभ पन्त(कप्तान दिल्ली क्यापिटल्स)
श्रेयर अयरको अभावमा पहिलो पटक दिल्लकिो नेतृत्व गर्न लागेका पन्तको हालको उमेर २३ वर्षको रहेको छ ।